काठमाडौं । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्ट्राचार गरेको ठहरिएपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतमाथि राजीनामाको दबाब बढेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै उनलाई राजीनामाको दबाब दिएपछि उनी तनाबमा परेका हुन् ।
अध्यक्ष यादवले राउतलाई राजीनामा गराएर हालका अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी गरेको राजनीतिक वृत्तमा चर्चा छ । राउतले सकेसम्म आज या ढिलोमा पनि भोलीसम्ममा राजीनामा दिन लागेको श्रोतको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस