aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गुगल सर्चको नक्कली नम्बरले बैंकको पैसा तान्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
गुगल सर्चको नक्कली नम्बरले बैंकको पैसा तान्यो

एजेन्सी । अहिले गुगलमा भर पर्ने मानिसको सख्या प्रति दिन बढ्दै गएको छ । भारतको बंलोरकी एक महिलाले गुगल सर्चमा गरेको एक गल्तीका कारण  उनले आफ्नो बैंकको सबै पैसा गुमाउनु परेको छ । 

वंलोकी ति महिलाले जोम्याटोएपमा ग्राहक सहयता नम्बर नपारए गुगल सर्च गरिन त्यहा नम्बर देखिन र फोन गरिन उनले फोनमा रिफण्ड रिक्वेष्ट बताउने क्रममा आफ्नो बैंक खाता नम्बर समेत सबै बताइन । यसको केहि समयपछि उनले आफ्नो बैंक खाता जाँच गर्दा बैंकमा रकम नै नभएको थाहा पाइन । 
अहिले गुगल सर्चमा जोम्यटो ए पभनेर देखिएको नम्बर गलत भएको र त्यो गैरकानुनी काम गर्नेले बताएको नम्बर रहेको थाहा भएको छ । ती महिलो आफ्नो बैंकमा रहेको रकम हराएको सम्बन्धमा प्रहरीमा उजुरी समेत हालेकी छिन् ।  

त्यस्तैगरि चेन्नाइमा पनि एक महिला फर्जी कस्टोमर केयर नम्बरको चक्करमा फस्नबाट बचेकी छिन । उक्त नम्बरमा फोन गर्दा बैंक खाता मागेपछि उनी झस्कीन र त्यो फोन काटिन । त्यस्तैगरि मुम्बइमा पनि केहि महिना पहिला इएफओ अफिसको नम्बर नै बदलेर गैरकानुनी काम गर्ने गिरोह धेरैलाई दूख दिएका थिए । 

गुगल र गुगल म्यापमा नम्बर परिवर्तन गर्न सकिने विकल्पहरु रहेका छन् । जुन विकल्पहरुमा युजर त्यहा गएर कुनै पनि कार्यालय वा बैंकको नम्बर परिवर्तन गर्न सक्छन र आम ग्राहक झुक्नि सक्छन् । यसैले गुगले आफ्नो सर्च इन्जिनभन्दा पनि कुनै पनि कार्यालयको आधिकारीक वेवसाइटमा नै गएर नम्बर लिन भनेको छ भने आफ्नो बैंकसँग  सम्बन्धीत नम्बरहरुको गोपनियतामा सर्तक रहनु नै उत्तम हुन्छ ।  

प्रतिक्रिया दिनुहोस