काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । देउवासंग भेटवार्ताका लागि ओली बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री देउवाको निमन्त्रणामा अध्यक्ष ओली बालुवाटार पुगेको एक नेताले जानकारी दिए । भेटमा समसामयिक राजनीतिक विषयहरुमा छलफल भइरहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस