aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

अविश्वासको प्रस्ताव ल्याएपछि विहारका सभामुखले दिए पदबाट राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ भदौ २०७९
अविश्वासको प्रस्ताव ल्याएपछि विहारका सभामुखले दिए पदबाट राजीनामा

भारत । भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिएक छन् । भारतीय जनता पार्टीका नेता समेत रहेका सिहंले प्रदेश सभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिएका हुन् । उनले आफ्नो जिम्मेवारी जेडीयु गठवन्धनका नेता नरेन्द्र नारायण यादवलाई दिएका छन् ।

सत्तारुढ गठवन्धनले उनको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाले उनले राजीनामा दिएको पनि बताइएको छ । उनले आफू विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्ताव अवैधानिक भएको दाबी पनि गरेका छन् । संसदमा पठाइएका नौ मध्ये आठ पत्र अवैध रहेको उनको भनाई छ ।  

अवैध कामका कारण जनतामा नकारात्मक सन्देश गएको र थप नराम्रो देखिन सक्ने भएकाले आफूले राजीनामा दिएको उनले बताए । भारतीय जनता पार्टीबाट विहारको प्रदेश सभामा निर्वाचित सांसदहरुले संसद भवन वाहिर विरोध प्रदर्शन गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस