aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ भदौ २०७९
थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ ।  विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्धा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको छ ।  

विपक्षीले दिएको मुद्धा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री छन् । उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएका थिए । सैन्य सहभागीता बढेपछि कानुन पनि त्यही अनुसार बनाउदै उनले निरंकुशता लाद्नु भएको विपक्षीहरुको आरोप छ । 

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्यो भन्दा अगाडि उनी अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस