aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अवैध संरचना भत्काउन बालेन्द्रको गोप्य तालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ भदौ २०७९
अवैध संरचना भत्काउन बालेन्द्रको गोप्य तालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा गरेको हो ।

कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौंमल पुगेको थियो ।

मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थालेका छन् । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो । महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संरचना भत्काउन पुगेका थियो ।

कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन अभियान शुरू गरेको बताए । डबल पार्किड स्पेसलाई व्यवसाय सञ्चालन गरे पनि भत्काएका हो, कामपा प्रहरी प्रमुख पाण्डेले भने । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो । नेपाल समाचारपत्रबाट 

प्रतिक्रिया दिनुहोस