aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

वनस्पति घिउ र तेल निर्यात घट्दा पाम आयलको बढ्यो

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, ०९ भदौ २०७९
वनस्पति घिउ र तेल निर्यात घट्दा पाम आयलको बढ्यो

काठमाडौं । भारत सरकारले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयत भई प्रशोधनपछि भारत निकासी हुने वनस्पति घिउ तथा तेलको निर्यात एक्कासि घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भटमास तथा सूर्यमुखी तेलको निर्यात ठूलो परिमाणमा घटेको छ भने औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग हुने पाम आयलको निर्यात भने बढेको छ ।

विभागका अनुसार साउन महिनामा नेपालबाट १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँबराबरको भटमासको तेल भारततर्फ निर्यात भएको छ । अघिल्लो साउनमा ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । यो अवधिमा भटमासको तेलको निर्यातमा अघिल्लो साउनको तुलनामा ७ अर्ब ३९ करोड २ लाख रुपैंयाले कमी आएको छ ।

विभागका अनुसार साउनमा भटमासको तेल निर्यात ८२।२३ प्रतिशतले घटेको देखिन्छ । सनफ्लावर आयलको निर्यातमा पनि ९० प्रतिशतले कमी आएको छ ।

अघिल्लो आवको पहिलो महिनामा ७९ करोड १९ लाख रुपैयाँ बराबरको सना लावर आयल निकासी भएकोमा चालू आवको सोही अवधिमा ७१ करोड २८ लाख रुपैयाँले कमी आई जम्मा ७ करोड ९१ लाख रुपैयाँको मात्र सनफ्लावर आयल निकासी भएको छ ।

प्रतिक्रिया दिनुहोस