काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ। बिहिबार महानगरपालिकाले अल्फबिटाले बनाएको अनधिकृत संरचना भत्काएको हो ।
अल्फाबिटाले पार्किङ भनेर नक्सा पास गरेर अनधिकृत संरचना बनाएको काठमाडौं महानगरले जनाएको छ । महानगरका मेयर बालेन साहले आज बिहान त्यहाँको निरिक्षण गरेका थिए । अहिले उनले नक्सा ल्याएर अवैध संरचना भत्काएका हुन् । उक्त संरचना भत्काउन मेयर साहसहित नगर प्रहरी, नेपाल प्रहरी लगायतका टोली पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस