aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

१०३ वर्षसम्म पनि काममा जाँगर महिनामा ३ हजार कमाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
१०३ वर्षसम्म पनि काममा जाँगर महिनामा ३ हजार कमाइ

काठमाडौं । सेत्तै फुलेको कपाल । चाउरी परेका अनुहार । शारीरिक अवस्था सहाराबिना हिँडडुल नसक्ने जस्तो देखिन्छ । तर १०३ वर्षीया कुमारी सुनुवारको जाँगर तन्नेरीको भन्दा कम छैन । कमलामाई नगरपालिका १० जहानटोलकी सुनुवारले मासिक तीन हजार कमाउँछिन् । उनको काम घरमै बसेर दाम्लो बाट्ने हो ।

आम्दानीको स्रोत दाम्लो बेचेर आएको रकम हो । आँगनबाट टाढा जान नसक्ने सुनुवारको हातमा दाम्लो बाट्ने काठको साँचो र बोराका डोरी छुट्दैनन् । उमेरमा बसिवियालो गर्दा सिकेको काम अहिले आम्दानीको स्रोत बनेकोमा उनी खुशी छिन् । १९७३ सालमा रामेछापमा जन्मिएकी सुनुवारको १४ वर्षको उमेरमा विवाह भएको थियो । ‘माइतीमा हुँदा खानलाउन पुग्थेन । बुबालाई दाम्लो बाट्न सघाउने गर्थें ।

विवाह गरेर सिन्धुली आएपछि घरमा मसलाको जोहो गर्न दाम्लो बाट्ने गरेकी थिएँ,’ उनले विगत सम्झँदै भनिन, ‘अहिले बाहिर हिंड्न नसक्ने भएँ, समय कटाउन दिनभर दाम्लो बाट्छु ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस