aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पूर्वाराजाका ज्वाईसहित ११ जना विरुद्ध मुदा दायर

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १० भदौ २०७९
पूर्वाराजाका ज्वाईसहित ११ जना विरुद्ध मुदा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

शाहले धनुषा साबिक पिडारी–५ स्थित किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव तथा प्रलोभनमा पारेर आफ्नो नाममा दर्ता गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस