aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बालेनको बोल्ड डिसिजनबाट अल्फाबिटाको भूमिगत तला जाने बाटो खाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० भदौ २०७९
बालेनको बोल्ड डिसिजनबाट अल्फाबिटाको भूमिगत तला जाने बाटो खाली

काठमाडौं । मापदण्डविपरीत संरचना निर्माण गरेको जनाउँदै काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटाको भूमिगत तला जाने बाटो खाली गरेका छन् ।

भवनको बेसमेन्टमा औषधि र ल्याबसहितको संरचना बनाएको भन्दै मेयर बालेन्द्र साहले त्यसलाई तत्काल हटाउन आग्रह गर्नुभएको थियो । त्यस बेला अल्फाबिटाका सञ्चालक द्विराज शर्माले अटेर गरेपछि दोस्रोपटक जोडरसहित आएर भत्काएको हो । कामपाले हिजो बिहीबार बानेश्वर र तीनकुने, वरपरका आधा दर्जन संरचना हटाउन आग्रह गरेको थियो ।

बिहान बुद्धनगरको एक घरमा पुगेर बेसमेन्टमा सञ्चालन गरेको वर्गर हाउस बन्द गराएको थियो । त्यसपछि सो क्षेत्रमा मापदण्डविपरीत बनेको संरचना हटाउन माइकिङ गरेका थिए । मेयरसहितको टोली शंखमूलमा बेसमेन्टमा रहेको मुक्तिनाथ विकास बैंकमा पुगेको थियो । कामपाले बैंकका कर्मचारीलाई सो स्थानबाट बैक सार्न आग्रह गरेका थिए । समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस