aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

यस पालिको चुनावमा भोजभतेर गर्न नपाइने, आयोगले लगायो अंकुश

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, १० भदौ २०७९
यस पालिको चुनावमा भोजभतेर गर्न नपाइने, आयोगले लगायो अंकुश

‘काठमाडौं । चुनाव भड्किलो बन्यो । उम्मेदवारले धान्नै नसक्ने खर्चिलो बन्यो’ भन्ने मतदाता र उम्मेदवार गुनासो गर्छन् । यसैलाई मध्यनजर गरेर चुनावी खर्चलाई घटाउन निर्वाचन आयोगले नयाँ उपायहरू खोज्दैछ ।

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोजिएको उपाय कार्यान्वयन गर्ने सोच आयोगको रहेको निर्वाचन अधिकारी बताउँछन् । यसका लागि निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आयोगसँग भएको निर्वाचन आचारसंहिता परिमार्जन गर्न लागिएको छ । 

आयोगका अनुसार चुनाव प्रचारप्रसार अवधि घटाउनेदेखि घरदैलोमा परिचालन गरिने संख्यालाई पनि नियन्त्रण गर्ने नयाँ व्यवस्था ल्याउन लागिएको छ। उम्मेदवारले मानोनयन गर्दा सम्पत्ति वितरण, निर्वाचन खर्चको स्रोत र आफ्नो पूरा विवरण पनि पेस गर्नुपर्ने आयोगले नयाँ प्रवधान बनाउन लागेको हो ।

चुनावमा गरिने भीडभाड र भोजभतेरलाई रोक्ने गरी आचारसंहिता बनाउन लागिएको र आचारसंहिता परिमार्जनका एजेण्डामा प्रमुख आयुक्त र सरोकारवाला पक्षसँग पनि छलफल भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस