काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्ध संसदमा दर्ता भएको महाभियोगको छानविन गर्न बनेको संसदीय सिफारिस समितिले उनका विरुद्ध उजुरी आव्हान गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी समितिले भएका प्रमाण, कागजात वा जानकारी भए ३ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ ।
समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा पाँच दलीय सत्ता गठबन्धनकासहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदसमेत छन् ।
प्रतिक्रिया दिनुहोस