aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फेरि टिपरले मान्छे मार्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६

प्युठान, वैशाख १३  टिपरले ठक्कर दिँदा प्युठानमा एक जनाको मृत्यु भएको छ । चुनढुंगा  बोकेको रा १ ख १९७१ नम्बरको टिपरले बिहीबार राति प्युठान नगरपालिका– ७  बाग्दुल्लामा ठक्कर दिँदा प्यूठान नगरपालिका– ४ विजुवारका ४७ वर्षीय कृष्णनाथ योगीको मृत्यु भएको हो । 
टिपरको ठक्करबाट घाइते योगीलाई उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमा मुत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस