aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मसानघाटमा बस्नेलाई दुई कोठे घर र रोजगारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
मसानघाटमा बस्नेलाई दुई कोठे घर र रोजगारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १२ मसानघाटमा बस्दै आएको पार्वती सुनार विक परिवारले घर र रोजगारी पाउने भएका छन् ।

मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लािग हेटौंडा उपमहानगरपालिकाले दुई कोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो ।

साउन २१ गते परिवारको दुख र समस्याबारे समाचार प्रकाशित भएपछि उनीहरुको दयनीय अवस्थाबारे सरोकारवालाले चासो दिएका हुन् ।

परिवर्तन सामूदायिक बनभित्र बस्दै आएको सो परिवारका लागि उपमहानगरपालिकाले पक्की घर बनाइदिने मेयर हरिबहादुर महतले बताए ।

उनका अनुसार परिवारका एक सदस्यलाई सरसफाइसम्बन्धी रोजगारीसमेत दिइनेछ ।

दुई बर्षदेखि मसानघाटमा बस्दै आएको विक परिवारमा पतिपत्नी, चार बर्षीय छोरा, ११, १० र डेढ बर्षीया गरी तीन छोरी छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस