aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

यसपालीको दसैंका लागि पाँच हजार खसीबोका र च्याँग्रा ल्याउने तयारी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ११ भदौ २०७९
यसपालीको दसैंका लागि पाँच हजार खसीबोका र च्याँग्रा ल्याउने तयारी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् ।

दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि करिब ५ हजार खसीबोका र च्यांग्रा काठमाडौं भिœयाउन लागेको हो ।

भदौ अन्तिम सातादेखि सहुलियत मूल्य पसल

अहिलेसम्म दसैंलगायत विशेष चाडपर्वलक्षित खाद्य वस्तु आपूर्ति र व्यवस्था मिलाउने जिम्मेवारी प्राप्त सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न स्थानबाट खसीबोका र च्यांग्रा काठमाडौं ल्याउने तयारी गरेको छ ।

सो कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार विगतका वर्षको निरन्तरतास्वरूप यसपटक पनि राजधानी भिœयाइने खसीबोका र च्यांग्रा देशका विभिन्न ठाउँबाट खरिद गरी कम्पनीका डिपोमा संकलन तयारी सुरु भएको छ ।

दसैंमा काठमाडौं ल्याइने खसीबोका र च्यांग्रा खरिदका लागि अनुमानित करिब ६ करोड बजेट छुट्याइएको छ । यसमा अझै उपभोक्ताको माग आधारमा तलमाथि वा घटबढ हुन सक्ने न्यौपाने बताइन् ।

विगतका वर्षझैं लाहान, वीरगन्ज, मुस्ताङ, दाङ, तुलसीपुर, हेटौंडा र नेपालगन्जलगायत स्थानबाट खसीबोका र च्यांग्रा ल्याउने तयारी गरिएको छ । यी ठाउँबाहेक अझै उपलब्धताका आधारमा ‘कुन ठाउँबाट कति खरिद गरी ल्याउने रु’ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।

तोकिएका ठाउँमा कम्पनीका कर्मचारीले खसीबोका खरिद गरेको र चलेकै मासुको बजारभाउअनुसार मूल्य निर्धारण हुने कम्पनीले जनाएको छ । ‘अहिले नै मूल्य यति पर्छ भन्न सकिन्न, हामीले खरिदका आधारमा मूल्य निर्धारण गर्नुपर्नेहुन्छ,’ न्यौपानेले भनिन्, ‘तर, खाद्यका खसीबोका र च्यांग्रा निजी व्यवसायीले ल्याएकाभन्दा केही सस्तो हुनेछ ।’ 

प्रतिक्रिया दिनुहोस