aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विदेश भ्रमणको विवरण यस कारण लुकाउछन् सरकारी कर्मचारी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ११ भदौ २०७९
विदेश भ्रमणको विवरण यस कारण लुकाउछन् सरकारी कर्मचारी

काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ । यद्यपि, उपलब्धि भने खासै देखिँदैन ।

कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेको पाइएको छ । विदेश भ्रमण गर्दा लाखांै भत्ता आउने हुँदा उनीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने गरेका छन् ।

सरकारले केही वर्षअघिसम्म विदेश जाने कर्मचारीको विवरण सार्वजनिक गर्ने गरेको थियो । तर, अहिले आएर मन्त्रालयले मातहतका विदेश जाने कर्मचारीको विवरण गोप्य राख्ने गरेको छ ।

सरकारले विदेश अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै विभिन्न मन्त्रालय र मातहतका कर्मचारीले पछिल्लो समय थाइल्यान्ड, अमेरिका, जापान, बेलायत, चीन जानेक्रम फेरि बढेको छ ।

प्रतिक्रिया दिनुहोस