aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दक्षिण कोरियामा एक दिनमै १ लाख बढीमा कोरोना पुष्टि

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ११ भदौ २०७९
दक्षिण कोरियामा एक दिनमै १ लाख बढीमा कोरोना पुष्टि

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी संक्रमित भएका छन् ।

सरकारी अधिकारीका अनुसार कोरियामा थप एक लाख एक हजार १४० जना संक्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा शुक्रबार संक्रमितको सङ्ख्या घटेको देखिएको छ । 

अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार ९८५ पुगेको छ । 

अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार ७६५ जना संक्रमित भएका थिए ।  

अहिले संक्रमित अवस्थामै रहेकामध्ये ५७५ गम्भीर छन। तीमध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन् । 

प्रतिक्रिया दिनुहोस