
एजेन्सी । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले नयाँ सम्पत्ति किनेका छन् । रिपोर्टका अनुसार मुकेशले दुबईको बिच साइड भिला ८ करोड डलरमा किनेका छन् । यो सहरमा हालसम्मकै सबैभन्दा ठूलो आवासीय सम्पत्ति सम्झौता भएको यस सम्झौतासँग सम्बन्धित व्यक्तिहरू बताउँछन्।
रिपोर्टका अनुसार पाम जुमेरामा रहेको यो सम्पत्ति यस वर्षको सुरुमा मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीका लागि किनेका हुन। यो समुद्र तट(साइड हवेली पाम आकारको कृत्रिम टापुको उत्तरी भागमा अवस्थित छ। यस लक्जरी विलामा ज्ञण् शयनकक्ष र एक निजी स्पा छ। यसबाहेक, यसमा इनडोर र आउटडोर पूल पनि छ।
भिलामा खेलकुद र जिमका लागि छुट्टै ठाउँ छ र निजी थिएटर पनि छ। यो विला कुनै विलासी ७ तारे होटल भन्दा कम छैन। यो लेनदेन निजी भएकाले दुबईमा भएको यो सम्पत्तिको डिल गोप्य राखिएको विज्ञहरू बताउँछन् । यस सम्पत्तीसँग सम्बन्धित व्यक्तिहरू भन्छन् कि अहिले अम्बानीले यस भिलालाई व्यवस्थित गर्न र यसको सुरक्षा प्रणालीलाई मजबुत बनाउन करोडौं रुपैयाँ खर्च गर्नेछन्।
दुबई द्रुत रूपमा अति धनीहरूको लागि मनपर्ने बजार बनिरहेको छ। जसलाई सरकारले दीर्घकालीन ‘गोल्डेन भिसा’ दिने र विदेशीलाई घरको स्वामित्वमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएर थप आकर्षक बनाएको छ । बेलायती फुटबलर डेभिड बेकह्याम र बलिउड मेगास्टार शाहरुख खान जस्ता स्टारहरू अनन्त अम्बानीका नयाँ छिमेकी हुनेछन्।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अनन्त अम्बानी मुकेश अम्बानीको ९३.३ बिलियन डलरको कुल सम्पत्तिका तीन उत्तराधिकारी मध्ये एक हुन्। ६५ वर्षीय मुकेश अम्बानी विश्वका ११ औं धनी व्यक्ति हुन् । उनीहरू विस्तारै यो साम्राज्यको लगाम आफ्ना सन्तानलाई सुम्पिरहेका छन् ।
यस सम्झौतासँग सम्बन्धित एक व्यक्तिले अम्बानी परिवारले विदेशमा आफ्नो घरजग्गा बढाएको बताए । गत वर्ष, रिलायन्सले बेलायतको स्टोक पार्क लिमिटेडबाट जर्जियन एरा म्यानसन किनेको थियो। यो हवेली मुकेश अम्बानीका जेठा छोरा आकाशका लागि ७९ मिलियन डलरमा खरिद गरिएको थियो।
आकाश अम्बानी हालै टेलिकम अपरेटर रिलायन्स जियो इन्फोकम लिमिटेडको अध्यक्ष बनेका छन्। आकाश र अनन्तकी बहिनी ईशा न्यूयोर्कमा घर खोज्दैछिन् ।
प्रतिक्रिया दिनुहोस