aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अवैध काठमाडौं मल भुइँतलासम्मको मात्र नक्सा पास

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १२ भदौ २०७९
अवैध काठमाडौं मल भुइँतलासम्मको मात्र नक्सा पास

काठमाडौं । सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । 

भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।

महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस