aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

#यति लोभलाग्दो मार्ग पोखरी, तर किन परेन पर्यटकको नजरमा ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १२ भदौ २०७९
#यति लोभलाग्दो मार्ग पोखरी, तर किन परेन पर्यटकको नजरमा ?

काठमाडौं । कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका(१ आङदिमका यो पोखरी रहेको छ । धार्मीक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियो तर अहिले सुनसान छ ।

हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लोभलाग्दो छ । सिधुवा–शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयको १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएको छ ।

यस पोखरीमा भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । अहिले पोखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताए । ‘पैले पैले पोखरीमा भाकल गरे चित्ताएको पुरा हुन्छ भनेर आउँथे । धामीहरु गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन् ।’ उनले भने ।

वारिपारि लोभलाग्दो हिमशृङ्खलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाईदैन । त्यसो त भौतिक पुर्बाधार निर्माणा नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागी शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्गलगायतका संरचना पनि छन् ।

प्रतिक्रिया दिनुहोस