
एजेन्सी । विद्युतीय ब्याट्री कार पहिलो पटक ५ सेप्टेम्बर १९९६ मा परीक्षण गरिएको थियो। आज २६ वर्ष बितिसक्दा पनि अमेरिका जस्तो विकसित देशमा २ प्रतिशत कार मात्र ब्याट्रीमा चल्छन् । हाल ब्याट्री महँगो छ र प्रदर्शन पनि राम्रो छैन। तर, ब्याट्रीमा तरल पदार्थको सट्टा ठोस पदार्थको इलेक्ट्रोलाइट प्रयोग गरियो भने सबै समस्या समाधान हुन्छ ।
मूल्य कम हुनेछ। सामान्य कार पनि १५ मिनेटको चार्जमा १००० किलोमिटरसम्म चल्नेछ । स्ट्यानफोर्ड विश्वविद्यालयको प्रिकोर्ट इन्स्टिच्युट अफ इनर्जीका निर्देशक रितेश शुक्लाका अनुसार ठोस पदार्थ फुट्नुलाई डेन्ड्राइट भनिन्छ। तर, अब चाँडै यो समस्याको अन्त्य हुँदैछ । यही महिनाको २ तारिखमा कतारको सरकारी स्वामित्वमा रहेको कम्पनीले ठोस ब्याट्री बनाउने अमेरिकी कम्पनी क्वान्टमस्केपमा ३ हजार करोड रुपैयाँ लगानी गरेको छ ।
जनवरी २०२२ मा, कम्पनीले एक परीक्षण रिपोर्ट प्रकाशित गर्यो । जस अनुसार ठोस ब्याट्री केवल १५ मिनेट चार्ज गर्दा ८० प्रशितसम्म चार्ज हुन्छ। यो ८० प्रतिशत चार्जिङमा १००० किलोमिटर कभर गर्न सकिन्छ। यस ब्याट्रीको परीक्षण ३ चरणमा सम्पन्न भएको छ । कम्पनीले सन् २०२५ सम्ममा इभीकारहरू आजको स्मार्टफोन जस्तै सामान्य हुने दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस