काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशको निर्वाचन नजिकीदै गएको बेलामा विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच डेढ घण्टा गोप्य भेटवार्ता भएको छ । आइताबर ओली निवास बालकोटमा साँझ ६ बजे भएको छलफल अढाई घण्टा चलेपछि छुट्ने बेलामा ओलीले एक मुठ्ठी दुई रुपैयाँको सिक्का दिएर पठाएको मिश्रले जानकारी दिएका छन् ।
भेटमा निर्वाचन, भूराजनीति, विदेशी चासो, हस्तक्षेप र राजसंस्थाको आवश्यकता सम्बन्धी छलफल भएको थियो । साथै असान्दर्भिकता, राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलताको समेत कुराकानी भएको मिश्रले बताएका छन ।
प्रतिक्रिया दिनुहोस