aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विदेसिनेका कथा, व्यथा, आफ्नैले ठग्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
विदेसिनेका कथा, व्यथा, आफ्नैले ठग्छन्

काठमाडौं । सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकी मात्र नभई बाल्यकालदेखि सँगै हुर्केका साथी हुन् । सर्लाही, कविलास ८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा मर्दा र पर्दा मा काम लाग्ने भइसकेकोले माझिनुपर्ने विषय सायदै बाँकी थिए ।
अनेक दुखसुख उनीहरु र आफन्तले सल्टाएका कैयौं उदाहरण छन् । तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ । एकले अर्कोलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै हिँडिरहेका छन् ।
उनीहरु एकले अर्कालाई गलत साबित गर्ने प्रयासमा छन् । यसको कारण हो, वैदेशिक रोजगारी ।
घटना साढे चार महिनाअघिको हो । गाउँमा जति मेहनत गर्दा पनि कमाएको रकमले गुजारा गर्न नसकेपछि सतेन्द्रले सहपाठी सुरेशलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए । अनि सुरेशले काठमाडौंमा आफ्ना भिनाजुले म्यानपावर कम्पनी चलाइरहेको उल्लेख गर्दै तुरुन्तै वैदेशिक रोजगारीमा पठाइदिने प्रतिबद्धता जनाए ।
आफ्नै साथीले राम्रो काम खोजेर विदेश पठाइदिने बताएपछि सतेन्द्र ढुक्क भए । यस्तो कुरा भएको एक सातापछि सुरेशले कतारबाट राम्रो पारिश्रमिक पाइने कामको माग आएको बताउँदै पाँच दिनमा एक लाख ५० हजार रुपैयाँ तयार गर्न भने । १० हजार रुपैयाँ खर्च गरेर वैदेशिक रोजगारीमा जान पाइन्छ भन्ने चर्चा सुनेका सतेन्द्रले त्यो रकम धेरै भएको बताए ।
सतेन्द्रले राम्रो काम पाइएकाले लगानी अलि बढी लाग्ने उल्लेख गर्दै साथी भएकाले सुरेशलाई एक लाख ४० हजार रुपैयाँसम्म लिएर कतार पठाउन सकिने जवाफ दिए । ‘त्यति कुरा भएपछि सानैदेखिको साथीले पक्कै पनि झुटो बोलेको छैन होला भन्ने लाग्यो,’ सतेन्द्र भन्छन्, ‘त्यस्तो अनुमान अहिले गलत साबित भएको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस