aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

फिनल्याण्डकी प्रधानमन्त्रीको विवादास्पद डान्समा क्लिन्टनको समर्थन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ भदौ २०७९
फिनल्याण्डकी प्रधानमन्त्रीको विवादास्पद डान्समा क्लिन्टनको समर्थन

एजेन्सी । केही दिनयता फिनल्याण्डकी प्रधानमन्त्री साना मारिनको पार्टीको भिडियो चर्चाको विषय बनेको छ । धेरैले यसको निन्दा गरिरहेका छन् । यसैबीच पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले मरिनलाई समर्थन गरेकी छन् ।

क्लिन्टनले ट्वीटरमा मरीनको समर्थनमा आफ्नो तस्बिर सार्वजनिक गरेकी छन्। जसमा उनी क्लबमा डान्स गरिरहेको देखिएकी छिन् । हिलारीले २०१२ मा विदेश सचिवको रूपमा कोलम्बियाको भ्रमण गरे। यो त्यतिबेलाको तस्विर हो । क्लिन्टनले तस्बिरसँग लेखिन्, साना मरीन नाच्दै रहनु । यस ट्वीटको जवाफ दिँदै फिनल्याण्डका प्रधानमन्त्रीले हिलारीलाई धन्यवाद दिइन्।

प्रतिक्रिया दिनुहोस