aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

हरितालिका तीजको विकृति, भुल्दै यथार्थ संस्कृति

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १४ भदौ २०७९
हरितालिका तीजको विकृति, भुल्दै यथार्थ संस्कृति

काठमाडौं । हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी हरितालिका तीज मंगलबार मनाउँदै छन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाले तीजका दिन पानी समेत नपिइ आफ्ना पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने चलन छ ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तीजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आरधना गर्दै महिला नाचगान र रमाइलो गर्नमा व्यस्त हुन्छन् । यसको यथार्थ संस्कृति भुल्दै गएका छन् भने यस पर्वको आडमा विकृति भित्रिँदै गएको छ ।

हरितालिका तीजको पूजा, दिनभर व्रत बसी साँझपख गरिने कर्मकाण्डज्ञाता एवं पण्डित माधवप्रसाद शर्माले बताए । दियो कलश गणेश थापी बीचमा बालुवाको शिव लिंग बनाएर अथवा शिव पार्वतीको मूर्ति राखेर पूजा गर्ने चलन रहेको उनले बताए । कतै कतै कलशमाथि थाली राखेर ओमकार लेखी पूजा गर्ने पनि चलन छ ।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन बसेको व्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ । ‘शिव पुराणमा उल्लेख भएअनुसार पार्वतिको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीले लुकाएर जंगलमा लगेको र पछि त्यहींबाट व्रतको सुरुवात भएको संंस्कृतिविद् डा। वीणा पौडेल बताउँछिन् । हरितालिका तीजको प्रसंग मात्र नभई यसको नामाकरण पनि पार्वतीले बसेको कठोर व्रतसँग जोडिएको छ । हरितालिका, हरिता र अलिका मिलेर बनेको हो । जसमा हरिताको अर्थ हरण र अलिताको अर्थ साथी भन्ने संस्कृतमा बुझिन्छ । यसरी भगवान् विष्णुसँग पार्वतीले विवाह गर्न नमानेपछि साथीले जंगलमा लुकाएर लगेकाले यसलाई हरितालिका भनिएको कथन छ ।

तीजका दिन विवाह भएका महिलाले मात्र नभई अविवाहिता महिलाले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन् । पहिले पहिले माइतीमा चेलीको भेट त्यत्ति नहुने भएकाले तीजमा बढी माइत जाने गरिएको स्मरण ७५ वर्षीय कालि आचार्य गर्छिन् । ‘पहिलेभन्दा तीजमा धेरै परिवर्तन आएको छ, झट्टपट्ट व्रत बस्छन्, निराहार बस्दैनन् फलफूल, दूध, पानी प्रशस्त खान्छन्, उनले भनिन्र्, अहिले माइत जान तीज नै कुर्न पर्दैन, घर व्यवहारका संघर्षका कुरा पोख्न तीज चाहिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस