aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

अडानी अर्बपति सूचीमा बढुवा, सम्पत्ति १३७.४ बिलियन डलर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ भदौ २०७९
अडानी अर्बपति सूचीमा बढुवा, सम्पत्ति १३७.४ बिलियन डलर

एजेन्सी । भारतीय अर्बपति गौतम अडानी १३७.४ बिलियन डलरको सम्पत्तिका सहित विश्वको तेस्रो धनी व्यापारी बनेका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एक एसियाली अर्बपति पहिलो पटक पर्न सफल भएका हुन।

अहिले उनी मस्क र बेजोसभन्दा पछि छन् । टेस्लाका संस्थापक एलोन मस्क २५१ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् भने बेजोस १५३ अर्ब डलरको साथ दोस्रो स्थानमा छन्। शीर्ष १० को सूचीमा अडानी एक मात्र भारतीय हुन्। रिलायन्सका अध्यक्ष मुकेश अम्बानी ९१.९ बिलियन डलरको कुल सम्पत्तिका साथ ११ नम्बरमा छन्।

गत महिना, अदानी चौथो धनी व्यापारी बने। उनले बिल गेट्सलाई पछि पारेका छन् । अडानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ६०.९ बिलियन डलर थपेको छ। यो कुनै पनि व्यापारीभन्दा ५ गुणा बढी हो।फेब्रुअरीमा पहिलो पटक उनले रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै धनी बनेका थिए।

अदानी अप्रिल ४ मा सेन्टीबिलियनियर्स क्लबमा सामेल भएका थिए। १०० बिलियन डलरभन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरूलाई सेन्टिबिलियनर भनिन्छ। एक वर्ष पहिले, अप्रिल २०२१ मा, अडानीको कुल सम्पत्ति ५७ बिलियन थियो। आर्थिक वर्ष २०२१-२०२२ मा अदानीको कुल सम्पत्ति विश्वमा सबैभन्दा छिटो बढ्यो। अदानी समूहका सात सार्वजनिक सूचीकृत कम्पनी छन्।

प्रतिक्रिया दिनुहोस