aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चीनबाट एक वर्षमै भित्रियो ६ अर्बको स्याउ

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, १५ भदौ २०७९
चीनबाट एक वर्षमै भित्रियो ६ अर्बको स्याउ

काठमाडौं । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ ।

नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ । भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो ।

गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७/०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो भने त्यसअघिको वर्षमा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको स्याउचीनबाट आयात गरेको तथ्यांक छ । नेपालले धेरै मुलुकबाट स्याउ आयात गर्ने भए पनि चिनियाँ स्याउको एकाधिकार जस्तै रहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस