aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

१६ करोड ३२ लाखको कागज खरिद गर्दै आयोग, के छ ठेक्काको प्रावधान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
१६ करोड ३२ लाखको कागज खरिद गर्दै आयोग, के छ ठेक्काको प्रावधान ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि १६ करोड ३२ लाखको कागज खरिद गर्ने भएको छ । आयोगले आजको गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी सो मूल्य बराबरको कागज खरिद गर्ने जनाएको हो । 

आयोगले आज प्रकाशित गरेको सूचनामा मतपत्रका लागि कागज खरिदको जिम्मा थापाथलीस्थित नवदुर्गा ट्रेडिङ कन्सर्नलाई दिएको जानकारी दिएको छ । 

निर्वाचन आयोगले मतपत्रको कागज खरिद गर्न आह्वान भएको बोलपत्रमा १३ भदौभित्र दर्ता हुन आएका बोलपत्रमध्ये नवदुर्गालाई सो ठेक्का दिएको जानकारी गराएको छ । मूल्य अभिवृद्धि करसमेत राखेर १६ करोड ३२ लाख ७८ हजार २ सय ७६ मा कबोल भएको आयोगले जनाएको हो । 

बोलपत्र दाताले कार्य सम्पादन जमानत र मतपत्र छपाइ गर्ने कागज २० दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाण सहितको विस्तृत कार्यतालिका पेस गर्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस