काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा परिक्षा नियन्त्रकका कारण परिक्षाफल प्रकाशनमा ढिलाई भएको छ । त्रिविका परिक्षा नियन्त्रक पुष्पराज जोशीले गोप्य शाखामा कामगर्ने कर्मचारीलाई दिने भनिएको प्रोत्साहन रकम कटौती गरेपछि परिक्षाको नतिजा प्रकाशनमा ढिलाई भएको हो ।
कार्यकारी परिषद्ले नै निर्णय गरेर कर्मचारीहरुलाई दिने भनिएको प्रोत्साहन रकम नियन्त्रकले एकलौटी रुपमा रोकेपछि कर्मचारीहरु काम गर्न छाडेर आन्दोलनमा उत्रिएका छन् । गएको शुक्रबार त्रिवि परिक्षा नियन्त्रण कार्यालयको बैठक कान्तिपथ स्थिति यल्लो प्यागोडा होटलमा पीडित विद्यार्थी र परिक्षा नियन्त्रक बिचमा सामान्य झडप पनि भएको छ ।
बैठक बसिरहेको उक्त समयमा लामो समयदेखि परिक्षाफल प्रकाशित नहुँदा आक्रोशित बनेका विद्यार्थीहरुले बैठक स्थलमा प्रवेश गरि परिक्ष नियन्त्रकको ल्यापटप खोसेर सोही दिन उक्त ल्यापटप शिक्षा मन्त्रीकोमा बुझाइएको समेत पीडित विद्यार्थीले बताएका छन् । निकै लामो समयदेखि त्रिविले परिक्षाफल प्रकाशनमा ढिलाई गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस