
काठमाडौं । प्रहरीले जुवा तास खेलिरहेको बेलामा २४ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बुढानिलकण्ठ नगरपालिका-१० कपनस्थित खोटाङ, खोटेहाङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय निरज राईको अस्मिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निरज राई समेत ६ जनालाई नगद १५ हजार ५ सय ५० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बुढानिलकण्ठ नगरपालिका-१ मुहान पोखरीस्थित जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६८ वर्षीय ध्रुव बहादुर कार्की समेत ११ जनालाई नगद १७ हजार ३ सय ९० रुपैयाँ र ६ बुक तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस