aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

फनपार्कलाई राजश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
फनपार्कलाई राजश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम

काठमाडौँ। राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई महानगरपालिकाले राजेश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा  बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका हुन् । 

फनपार्कले महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरल कर लामो समयदेखि बुझाएको छैन । यसका लागि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र बुझाउन पत्रमार्फत निर्देशन दिइएको छ ।  तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिलबन्दी  गर्ने चेतावनी दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस