एजेन्सी । भारत सरकारले बुधबार २०२२-२३ को अप्रिल-जुन त्रैमासिक (जुन त्रैमासिक) को कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गरेको छ। तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुन त्रैमासमा कुल गार्हस्थ्य उत्पादन वृद्धि १३.५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यो २०.१ प्रतिशत थियो। देशको वृद्धिदर अघिल्लो अर्थात जनवरी–मार्च त्रैमासिकको तुलनामा निकै राम्रो थियो । पछिल्लो त्रैमासिकमा जीडीपी वृद्धि दर ४.१ प्रतिशत थियो।
आरबीआईले यस महिनाको सुरुमा आफ्नो मौद्रिक नीति बैठकमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर १६.२ प्रतिशतको हाराहारीमा रहने सम्भावना रहेको बताएको थियो।
प्रतिक्रिया दिनुहोस