aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

काठमाडौंको १० वटै क्षेत्रमा तोकिए एमालेका उम्मेदवार (नामावलीसहित)

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, १६ भदौ २०७९
काठमाडौंको १० वटै क्षेत्रमा तोकिए एमालेका उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेकपा (एमाले) काठमाडौँ जिल्ला क्षेत्रीय कमिटीहरुले जिल्लाका सबै निर्वाचन क्षेत्रका आकांक्षीहरुका नामहरु सर्वसम्मतबाट सिफारिस गरेका छन्। आगामी मंसिर ४गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका आकांक्षीहरुको नामावली सिफारिस गरेका हुन् ।

ती कमिटीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई, क्षेत्र नम्बर २ मा मणीराम फुयाल, क्षेत्र नम्बर ३ मा कृष्णराई, क्षेत्र नम्बर ४ मा डा. राजन भट्टराई, निर्मल कुईँकेल, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल, क्षेत्र नम्बर ६ मा योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल माताप्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना सर्वसम्मत सिफारिसमा परेका छन् ।

यसैगरी क्षेत्र नम्बर ७ मा इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त, क्षेत्र नम्बर ८ मा राजेश शाक्य क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र क्षेत्र नम्बर १०मा  विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेनद्र मानन्धर र शम्भुराम महर्जन छन्। 

प्रतिक्रिया दिनुहोस