aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ भदौ २०७९
गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल

काठमाडौं । आगामी मंसिर ४ मा हुने आ प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ । सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरूचुनाव लड्ने पक्काजस्तै छ ।

सत्ता गठबन्धन दलका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचनमा भाग लिन चाहन्छन् ।

उनीहरू कुन निर्वाचन क्षेत्रबाट चुनाब लड्लान भन्ने आम चासोका साथ हेरिएका बेला गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति देउवा आफ्नै गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने पक्का भएको छ ।

देउवाले आफ्नो क्षेत्रबाट मनोनयन दर्ता गराएपछि चुनाव जित्ने करिब पक्काजस्तै भएकाले उनले अन्य क्षेत्रमा जाने विषयमा नसोचेको देउवा निकट नेताहरूले बताएका छन् । तर, गठबन्धनका सहयात्री नेताहरू प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले आफ्नो क्षेत्र छनोट गर्न अझै सकेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिलेसम्म आफू कहाँबाट निर्वाचन लड्ने भन्ने बारेमा केही खुलाएका छैनन् । नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस