aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कर्मचारीभन्दा २७८ गुणा बढी सीईओको तलब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
कर्मचारीभन्दा २७८ गुणा बढी सीईओको तलब

वाशिङ्टन डीसी (अमेरिका) । विश्वभर कम्पनीका प्रमुख कार्यकारी अधिकारीले अन्य कर्मचारीको औसत तलबभन्दा २७८ गुणा बढी कमाउने गरेको एक अध्ययनले देखाएको छ ।

अमेरिकी थिंकट्यांक इकोनोमिक पोलिसी इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो ४० वर्षमा कम्पनीका सीईओहरूको तलब १ हजार प्रतिशत बढेको छ । यो अध्ययन अमेरिकाका प्रमुख ३५० कम्पनीमा गरिएको हो ।

अहिले सार्वजनिक भएको यो प्रतिवेदनले कम्पनीका सीईओ र औसत कर्मचारीको तलबको अन्तर बढ्दो क्रममा रहेको देखाएको छ ।

सन् १९८९ मा औसत कर्मचारीको तलबको तुलनामा सीईओको तलब ५८ गुणा बढी थियो भने सन् १९६५ मा केवल २० गुणा बढी थियो ।

सन् १९७८ देखि २०१८ सम्ममा सीईओको बोनस तथा अन्य सेवासुविधा सहितको भुक्तानी १ हजार ७ दशमलव ५ प्रतिशत बढेको छ । सोही अवधिमा औसत कर्मचारीको तलब भने केवल ११ दशमलव ९ प्रतिशत बढेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस