aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

दाउद र डी कम्पनीको बारेमा जानकारी दिनेले ४० लाख पुरस्कार पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ भदौ २०७९
दाउद र डी कम्पनीको बारेमा जानकारी दिनेले  ४० लाख पुरस्कार पाउने

एजेन्सी । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले दाउद इब्राहिम र डी कम्पनीसँग सम्बन्धित व्यक्तिहरूको जानकारी दिनेलाई पुरस्कारको घोषणा गरेको छ। एनआईएले बिहीबार पुरस्कार राशिको सूची सार्वजनिक गरेको छ । यसमा दाउदमाथि ४० लाख रुपौयाँको पुरस्कार राखिएको छ । यसबाहेक छोटा शकीलको जानकारी दिनेलाई ३२ लाख रुपैयाँ पुरस्कारको घोषणा गरिएको छ ।

सूचीमा दाउद, छोटा शकील, अनीस इब्राहिम, जावेद चिकना र टाइगर मेमनको नाम छ । एनआईएले सार्वजनिक रूपमा यति ठूलो पुरस्कार घोषणा गरेको यो पहिलो पटक हो। विशेष कुरा के छ भने पहिलो पटक यी व्यक्तिहरुको पुरानो र नयाँ तस्विर एकसाथ सार्वजनिक भएको छ । तर, दाउदको नयाँ तस्बिर भने आएको छैन । उनको त्यही तस्बिर सार्वजनिक भएको छ, जुन सन् १९९३ को मुम्बई विष्फोटपछि विभिन्न सरकारी निकायले जारी गरेका थिए ।

एनआईएले मुम्बईमा ड्रग्स र गैरकानूनी सम्पत्तिहरू मार्फत आतंकवादी कोषको प्रमाण फेला पारेको छ। यसका पछाडि अन्डरवर्ल्ड डन दाउद इब्राहिमको सिन्डिकेट काम गरिरहेको छ । आइएसआईको सहयोगमा आतंकको नयाँ मोड्युल तयार भइरहेको छ ।

एनआईएको खुफिया रिपोर्टका अनुसार दाउद गिरोहका मानिसहरूले पाकिस्तानलाई समर्थन गर्ने आतंकवादी संगठनहरूलाई पैसा उपलब्ध गराउँदै आएका छन्। जसका कारण मुम्बई, ठाणे र आसपासका क्षेत्रमा फिरौती, सट्टेबाजी, बिल्डरलाई धम्की र ड्रग्सको कारोबार बढेको छ । 

प्रतिक्रिया दिनुहोस