aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गठबन्धनमा सिट बाँडफाँटको टुंगो लाग्दै गर्दा शेखर ओली भेट्न बालकोटमा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १७ भदौ २०७९
गठबन्धनमा सिट बाँडफाँटको टुंगो लाग्दै गर्दा शेखर ओली भेट्न बालकोटमा

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँट ’बाेट छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परेकै बेला सत्तारूढ कांग्रेसका नेता कोइरालाले ओलीलाई भेटनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ ।

भेट अर्थपूर्ण

एमाले अध्यक्ष ओली निवास बालकोटमा दुवै नेताबीच बिहीबार ‘वान टु वान’ छलफल भएको हो । ओली र कोइराला दुवैका सचिवालयले भेटघाट भएको र आगामी निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्वीकार गरेका छन् । तर, भेटबारे विस्तृत कुरा खुलाएका छैनन् ।

ओलीको सचिवालयले दुवै नेताबीच करिब २ घण्टा छलफल भएको जनाएको छ । ‘दुवै नेताबीच ‘वान टु वान’ छलफल भएको छ । उता गठबन्धनमा भइरहेको सिट बाँडफाँट र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र पेल्न थालेको गुनासो उनी (कोइराल) ले गरेका छन् ।  योभन्दा बढी कुरा त उहाँहरूलाई नै थाहा होला’ ओलीको सचिवालयले भन्यो ।

कांग्रेसको १४औं महाधिवेशनमा देउवासँग पार्टी सभापतिमा पराजित कोइराला पछिल्लो समय पार्टीभित्रै पेलानमा परेका छन् । पाँच दलीय गठबन्धनभित्र सिटबाँडफाँट गरेर देउवाले कोइराला समूहलाई टिकटमै बन्देज लगाउने संकेत पाएपछि उनले आगामी दिनमा हुन सक्ने आन्तरिक सहकार्यबारे छलफल गरेको विश्लेषण भइरहेको छ ।

शेरबहादुर देउवाले पेल्दै गएको गुनासो गरेका डा. शेखर कोइरालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आन्तरिक सहकार्यको आश्वासन दिएका छन् ।

कोइराला समूहले आगामी निर्वाचनमा आफूहरूलाई ४० प्रतिशत सिट दिनुपर्नेभन्दै देउवामाथि दबाब बढाएका छन् । साथै गठबन्धनभित्र १ सय सिटभन्दा कम कांग्रेसले लिनुहुँदैन भन्ने अडान लिँदै आएको छ । तर, देउवा समूहले गठबन्धनभित्र सय सिटभन्दा कम सिट लिने र कोइराला समूहलाई टिकट दिनुपर्ने ठाउँमा गठबन्धनको नाममा अरू दललाई दिएर पेल्न खोजेको बुझाइ कोइराला समूहको छ ।

प्रतिक्रिया दिनुहोस