aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

२ लाख लगानीबाट एक वर्षमा ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
२ लाख लगानीबाट एक वर्षमा ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार

एजेन्सी । धेरै मानिसहरू आफ्नै व्यवसाय सुरु गर्ने सोच्छन्। यी मध्ये थोरैले मात्र प्रयास गर्न सक्षम छन् र थोरै व्यक्तिहरूले आफ्नो व्यवसाय सफल बनाउन सक्षम छन्। यद्यपि सबैका कथाहरू सफल नै हुन्छन् भन्ने हुदैनन्। यो कलेजमा सँगै पढ्ने तीन साथीको कथा हो । जसले जम्मा २ लाख लगानीबाट करोडौं कमाएका छन् । उनीहरुले अनलाइन बेकरी स्टार्टअप कम्पनी सञ्चालन गरेका छन् । 

 नयाँ दिल्लीको नेताजी सुभाष विश्वविद्यालयमा अध्ययनरत तीन साथी हिमांशु चावला, श्रे सहगल र सुमन पात्राको यो यात्रा निकै प्रेरणादायी बनेका छन । सन् २००६ मा कलेज सकिएपछि तीनै साथीले केही समय कर्पोरेटमा काम गरे । यसपछि उनले सन् २०१० मा फ्लावर आरा नामक आफ्नो पहिलो उद्यम सुरु गरे । फूल, केक र व्यक्तिगत उपहार सम्बन्धी अनलाइन सेवा फ्लावर आरा नामक यो कम्पनीले २०१० को फेब्रुअरीमा मात्र २ लाख रुपैयाँको पुँजीमा सुरु गरेको थियो। सुरु भएको एक वर्षपछि सुमन यससँग जोडिएकी थिइन् ।

सन् २०१६ मा हिमांशु चावला, श्रेय सहगल र सुमन पात्राले मिलेर नयाँ कम्पनी अन्तर्गत बेकिङ्गो नामको छुट्टै ब्राण्ड सुरु गरेका थिए । देशका विभिन्न स्थानमा सिमी ब्राण्डका ताजा केक मानिसहरूलाई पुर्‍याउन सकिन्छ भन्ने सोचका साथ बेकिङ्गो सुरु गरिएको हो। अहिले यो कम्पनी दिल्ली–एनसीआर, हैदराबाद, बैंगलोर जस्ता ठूला शहरहरूमा छ। 

यसले रोहतक र कर्नाल जस्ता साना सहरहरूमा पनि सेवा प्रदान गरिरहेको छ। कम्पनीको ३० प्रतिशत बिक्री यसको वेबसाइटबाट आउँछ भने ७० प्रतिशत बिक्री स्विगी र जोमाटो आदिबाट हुन्छ । बेकिङ्गोले आर्थिक वर्ष २०२१–२२ मा ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन। हाल यस कम्पनीमा ५ सयभन्दा बढीले काम गरिरहेका छन् । कम्पनीले यो वर्ष दिल्लीमा आफ्नो पहिलो अफलाइन आउटलेट सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस