aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विमलेन्द्र निधि किन डराए ? आफ्नो नाम समानुपातिकमा राख्न लगाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
विमलेन्द्र निधि किन डराए ? आफ्नो नाम समानुपातिकमा राख्न लगाए

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति  विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ । आम निर्वाचन २०५१ मा कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिले धनुषा ४ मा  छोरा बिमलेन्द्र निधिलाई उम्मेदवार खडा गरेका थिए। उमेर ढल्किँदै गर्दा विद्यार्थी राजनीतिबाट आएका आफ्ना छोरालाई संसदीय राजनीतिमा स्थापित गर्ने निधिको प्रयास सफल भयो ।

बिमलेन्द्र निधिले २१ हजार ३४० मत ल्याएर थ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका कृष्णप्रताप मल्लले १६ हजार ५६३ मत पाएका थिए । एमालेकी शारदा झाले २ हजार ९४८ मत पाइन् । त्यसयता निरन्तर प्रत्यक्ष चुनाव लड्दै आएका निधि यो पटक भने समानुपातिकमा बस्ने भएका छन् ।

नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिए । यसअघि २०७४ सालको निर्वाचनमा निधि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस