काठमाडौं । उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन । उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ । २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै दुई जिल्लाबाट उम्मेदवार भए । त्यो चुनावमा उनले मोरङमा हारे, सुनसरीमा जिते । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी–२ बाट निर्वाचित भए ।
२०७४ सालको चुनावअघि भएको भारतीय नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन–२०७२ मा सप्तरी तातेको थियो। नयाँ संविधानमा मधेसको अधिकार काटिएको भन्दै भएको आन्दोलनमा सप्तरी भारदहका राजीव राउत मारिए । एमालेको चुनावी अभियानका क्रममा सप्तरीको मलेठमा पाँचजना मारिए । जसका कारण मधेसीको मन र मत दुवै उपेन्द्रतर्फ पोखिएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस