aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा छः अर्थमन्त्री शर्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ भदौ २०७९
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् । एक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताएका हुन् ।   

मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए । उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे । उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।    

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस