
काठमाडौं । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले सरकारले उद्योग, उत्पादन र बजारलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् । आर्थिक न्युजसँगको कुराकानीमा अध्यक्ष निरौलाले यस्तो बताएका हुन् ।
त्यस्तै, उनले नेपाल अहिले वृद्धवृद्धाहरुको आश्रय स्थल जस्तो बन्दै गएको बताए । अध्यक्ष निरौलाले भने, ‘नेपाल अहिले वृद्धवृद्धाहरुको आश्रय स्थल जस्तो मात्रै बन्दै गइरहेको छ । भएभरका युवाहरू सबै विदेश पलायन भइरहेका छन् । घरमा बिरामी भएका वृद्ध बाउआमालाई पानी दिन घरका सदस्य समेत नभेटिने अवस्था भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस