aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता झाले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ भदौ २०७९
मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता झाले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार उनले राजीनामा बुझाएका हुन् ।

झाको राजीनामा स्वीकृत भइसकेको छ। आसन्न प्रतिनिधिसभाको चुनाव लड्न मुख्यमन्त्रीलाई भेटेरै उनले राजीनामा बुझाएका हुन् । झा महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव लड्ने उनले तयारी गरेका छन् । शनिबार दिउँसो जलेश्वरमा जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ । ६ फागुन २०७४ मा प्रदेश सरकारको सिफारिसमा झालाई तत्कालीन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यन्यायाधीवक्ता नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस