aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

धनगढीको सडक चौडा पर्ने निर्णयविरुद्ध उभिए व्यवसायी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १९ भदौ २०७९
धनगढीको सडक चौडा पर्ने निर्णयविरुद्ध उभिए व्यवसायी

काठमाडौं । धनगढी उप महानगरपालिकाले मुख्य बजार क्षेत्रको सडक विस्तार गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेपछि सडक क्षेत्रका घरधनी तथा व्यवसायी विरुद्धमा उत्रिएका छन् । धनगढी मुख्यबजार क्षेत्रमा ३० मिटर सडक क्षेत्राधिकार राख्दा धेरै परिवार घरवारविहीन बन्ने र कोरोनाका कारण घाटा व्यहोर्दै आएका व्यवसायी झनै संकट व्यहोर्ने भएकाले सडकको क्षेत्राधिकार घटाउन व्यवसायीको माग छ ।

‘धनगढीको मुख्य बजारलाई पुरनो बजारका रुपमा संरक्षण गरेर बाहिरी भागमा बजार बनाउँदा राम्रो हुन्छ,’ व्यवसायी हित्रिस मोहम्मद्ध शिद्धिकीले भने, ‘बजारमा पाँच धुर जमिनमा घर बनाएर बसेकाहरू लागि घरबारविहीन बनाउने काम गर्नु हुँदैन ।’

व्यवसायीले सडक विस्तार गर्दा हुने समस्याका ’दयगतमा जनप्रतिनीधिसँग छलफल गर्न व्यवसायी नेत्रराज शर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेका छन् । ‘हामीलाई बेवास्ता नै गरेर अघि बढ्न खोज्नु मुर्खता हुनेछ’ तदर्थ समितिका अपाध्यक्ष अर्जुन श्रेष्ठले भने, ‘समस्याको समाधान कसरी हुन्छ, त्यसबारेमा छलफल गरिनु आवश्यक छ, आधा कट्ठा, पाँच धुर जमीनमा घर बनाएर बसेकाहरूको व्यवस्थापन नगरी सडक निर्माण हुन सक्दैन ।’

आफूहरू विकासविरोधी नभएको बताउँदै उनले सबै नागरिकको समस्या समाधान गरेर मात्रै सडक विस्तार गर्नु पर्ने बताए । धनगढी बजार क्षेत्रबाहिर पनि व्यवस्थित सडक बनेको भन्दै उनले अब धनगढीमा बजार व्यवस्थापन गर्न समस्या नभएकाले सबैको रायअनुसार अघि बढ्दा राम्रो हुने बताए ।

‘मेयर साप निस्वार्थ भावनाले धनगढीको विकास गर्न आउनु भएको छ, उहाँलाई हामी सहयोग गर्न पनि तयार छौं,’ उनले भने, ‘तर सबैथोक विनास हुनेगरी सहयोग गर्न सक्दैनौं, यस विषयमा गम्भीर बन्नु पर्छ ।’ उनले पुरै घर जाने र अन्त जमिन समेत नभएका व्यवसायीलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस