
काठमाडौं । लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल फुटेपछि १५ गाउँ जोखिममा परेका छन। लगातारको बर्षाका कारण तालको डिल फुटेसंगै जोखिम बढेको हो । गाउँपालिका कै पर्यटकीय स्थलका रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल फुटेसंगै स्थानीय त्रसित भएका छन् । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताए । उनले सम्पुर्ण गाउँपालिकावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै समस्या परे गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरे ।
ताल फुटेसंगै अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टिम सोहि स्थानमा पुगेको छ । विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरु गरेको र अझ व्यवस्थित गर्नका लागि प्रदेश, केन्द्र सरकारसंग निरन्तर पहल गर्दा पनि प्रदेश, केन्द सरकारले चासो नदेखाएका कारण अहिले यो अवस्था आएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले भने, ‘प्रदेश र केन्द सरकारले चासो देखाई आवश्यक बजेट विनियोजन गरेर ताल संरक्षणका लागि ड्याम बांधि व्यवस्थित गरेको भए तालको अहिले यो अवस्था हुने थिएन, हामीले निरन्तर पहल गरिरहेका थियौं ।’ थापाले यसलाई व्यवस्थित गर्नका लागि ठुलो लगानि आवश्यक रहेकाले गाउँपालिकाको सिमित स्रोत र साधनले नपुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस