काठमाडौं । सत्र दिनमा ७४६ कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको भदौ महिनाको १७ दिनमा ७४६ कम्पनीहरु कालो सुचीमा परेका हुन् ।
कालोसुचीमा पर्ने कम्पनीहरुमा होटल तथा रेष्टुरेन्ट देखी हस्पिटलसम्म रहेका छन् । यस अवधिमा एसपीआई होटल रुद्राक्ष प्रालि, नेपाली जुत्ता पसल एण्ड स्टोर, सूर्य कन्ट्रक्शन फर्म प्रालि, दिर्घायु बहुउद्देश्यीय कृषि प्रालि, भवानी इन्टरनेशनल र भुमि इन्फ्रास्टक्चर प्राइभेट लिमिटेड कम्पनी कालोसूचीमा परेका हुन् ।
त्यस्तै, जगदम्बा गजुरमुखी गेष्ट हाउस, कर्णाली मल्टी सियल स्टेट कम्पनी, इन्फ्रास्टक्चर डेभलपर्स सप्लायर्स प्राइभेट लिमिटेड, कान्छाराम कन्ट्रक्शन कम्पनी, न्यु डिजायर फर्निचर एण्ड इलेक्ट्रोनिक र एबी ल्याण्ड डेभलपमेन्ट प्रालि पनि यस अवधिमा कालसूचीमा परेका हुन् ।
केन्द्रका अनुसार कालोसुचीमा परेका कम्पनीहरुमा गोल्डेन साइन मल्टीप्रपोज प्रालि नेशनल लेदर इन्डष्ट्रिज, सम्झना एण्ड स्पेयर्स आल्मुनियम तथा स्टिल उद्योग, शिलटप मजदर यातायात सेवा, सिद्धविनायक हार्डवेयर प्रालि, धारापानी पशुपालन तथा कृषि फार्म, मोनालिसा कृषि तथा पशुपालन केन्द्र र न्यु वाइड रेन्ज रेष्टुरेन्ट रहेका छन् ।
तथ्याङक अनुसार सोही अवधिमा प्रभु मोटर्स इन्टरनेशनल प्रालि, प्रशिद्धि समृद्धि इन्भेष्टमेन्ट एण्ड ब्युल्डर्स, बिएल काष्ठ तथा स्टिल फर्निचर उद्योग, ट्रेडमाण्डु ट्रेडलिंक प्रालि, हिमालय गल्फ ओभरसिज प्रालि, ग्रेटवाल एक्जम नेपाल प्रालि, सेभेन सिज इन्टरनेशनल र मनकामना बोरा उद्योग पनि कालोसुचीमा परेका छन् ।
यसैगरी, विवेक्ता डाइग्नोशिस ल्याव सेन्टर, पशुपती अटो मोटर पार्टस, हेटौडा ट्रान्सपोर्ट एण्ड यातायात, हिमचुली रियल स्टेट कम्पनी, श्री साई बाबा आल्मुनियम युपीभिसी, ओम बौद्ध हस्पिटल एण्ड हेल्थ साइन्स सेन्टर, इनोभेटिभ नेशनल इन्जििनियरिङ कन्सल्टेन्सी एण्ड रिसर्च र स्वच्छन्द कान्छाराम सैलुङ जे भी लाई पनि केन्द्रले कालोसूचीमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस