aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चीनमै रोकिए पाँच सय कन्टेनर

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, २० भदौ २०७९
चीनमै रोकिए पाँच सय कन्टेनर

काठमाडौं । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ ।

संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । चीनले पूर्व सूचना नदिई एक्कासि नाका बन्द गरेपछि करिब चार सय ८० मालवाहक ट्रक रोकिएका छन्, कार्कीले भने, टकमा दसैँलक्षित सामान छन् । सिगात्सेमा कोरोना संक्रमण देखिएपछि चीनले साउन २५ गतेदेखि नाका बन्द गरेको छ । 

प्रतिक्रिया दिनुहोस