aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

‘अन्तराष्ट्रिय सबै प्रतिरोधको सामाना गर्न आरबीआइ सक्षम छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
‘अन्तराष्ट्रिय सबै प्रतिरोधको सामाना गर्न आरबीआइ सक्षम छ’

एजेन्सी । रिजर्भ अफ इण्डिया(आरबीआई) गभर्नर शक्तिकान्त दासले गत हप्ता अमेरिकी फेडको ज्याक्सन शिखर सम्मेलनपछि बजार अत्यन्त अस्थिर र अनिश्चित भएको बताएका छन। बैंकिङ प्रणाली राम्रो स्वास्थ्यमा छ र बाह्य प्रतिकूल परिस्थितिहरूको कुनै पनि नकारात्मक प्रभावको प्रतिरोध गर्न सक्ने सक्षम रहेको बताएका  छन।

मुम्बईमा फिक्स्ड इनकम मनी मार्केट एण्ड डेरिभेटिभ्स एसोसिएसन अफ इन्डियाको वार्षिक भेलालाई सम्बोधन गर्दै दासले सरकारले बैंकिङ प्रणालीलाई सुदृढ पार्न धेरै कदम चालेको बताए। २६ अगस्टसम्म भारतको मुद्रा सञ्चिति ५६१ अर्ब अमेरिकी डलर छ ।  बैंकिङ प्रणाली राम्रो पूंजीकृत छ र आगामी दिनमा मौद्रिक नीति सतर्क, छिटो र क्यालिब्रेट हुनेछ।

उनले सरकारले सार्वभौम हरित ऋणपत्र जारी गर्ने काम गरिरहेको बताए । शक्तिकान्त दासले भारतीय रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन भएको बताए जुन विश्वकै सबैभन्दा कम हो । आरबीआईले नियमित रूपमा बजारमा तरलता र विश्वास प्रदान गर्दछ। हाम्रो हस्तक्षेप धेरै हदसम्म अत्यधिक अस्थिरता रोक्नको लागि हो  । 

सन् २०२२ सम्ममा भारतलाई विश्वको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मानिन्छ। अन्य प्रमुख अर्थतन्त्रहरूले वास्तवमा आफ्नो वृद्धि गतिमा मन्दी वा उल्लेखनीय मन्दीको सामना गरिरहेका बेला भारतले द्रुत गति देखाएको छ।

प्रतिक्रिया दिनुहोस