काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका अव्यस्थीत टहरा हटाइरहेको छ । मंगलबार महानगरले असन क्षेत्रका मन्दिर आसपासमा रहेको अवैध रुपमा सञ्चालित पसलहरु हटाएको हो ।
अहिले महानगरीय प्रहरीको नेतृत्वमा महानगरको टोली असन क्षेत्रमा रहेको छ । मन्दिर आसपासका पेटीहरुमा राखिएका सामान र अवैध रुपमा बनाइएका संरचनाहरु हटाउन महानगरको टोलीले हटाएको हो ।
महानगरले आइतबार २४ घण्टाभित्र यी क्षेत्रमा रहेका पसल तथा अवैध संरचनाहरु हटाउन निर्देशन दिएको थियो । निर्देशन दिइएको २४ घण्टाभित्रमा पसल नहटाएमा महानगरले नै आफैं यी संरचना तथा पसलहरुलाई हटाएको हो ।
प्रतिक्रिया दिनुहोस